काठमाडौं, असोज २०
क्लब फुटबल विश्राम भएर अहिले अन्तर्राष्ट्रिय ब्रेक सुरु भएको छ । करिब डेढ साताका लागि खेलाडीहरू अब आ–आफ्नो राष्ट्रिय टोलीको ड्युटीमा फर्किसकेका छन् । डेढ साताको अवधिमा केही टोलीले दुई र धेरैजसो टोलीले भने तीन खेल्नेछन् ।
अन्तर्राष्ट्रिय ब्रेकको पहिलो चरणमा केही रोमाञ्चक खेलहरू हुनेछन्, जहाँ विश्व फुटबलका शक्ति राष्ट्रदेखि फुटबलका सुपरस्टार खेलाडीहरू समावेश टोलीले आ–आफ्नो खेल खेल्नेछन् । इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो, स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, फ्रेन्च क्लब पिएसजीका नेइमार, पिएसजीकै केलियन एमबाप्पे, इंग्लिस क्लब टोटनह्यामका ह्यारी केनसहितका खेलाडीहरू राष्ट्रिय टिममा फर्किएका छन् ।
यस चरणमा दक्षिण अमेरिकी क्षेत्रका देशले आगामी फिफा विश्वकपका लागि छनौट खेल खेल्नेछन् । युरोपियन देशहरूले पहिलो चरणमा मैत्रीपूर्ण खेल खेलेर दोस्रो चरणमा भने युइएफए नेसन्स लिगका दुई खेल खेल्नेछन् । अफ्रिकन देशहरूले अफ्रिकन कप अफ् नेसन्सका लागि छनौट खेल खेल्नेछन् । पहिलो चरणमा हुने प्रमुख खेलहरू नेपाली समयमा :
- पोर्चुगल भर्सेस स्पेन – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे
- फ्रान्स भर्सेस युक्रेन – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः५५ बजे
- ब्राजिल भर्सेस बोलिभिया – विश्वकप छनौट – शनिबार बिहान ६ः१५ बजे
- अर्जेन्टिना भर्सेस इक्वेडर – विश्वकप छनौट – शुक्रबार बिहान ५ः५५ बजे
- जर्मनी भर्सेस टर्की – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे
- बेल्जियम भर्सेस आइभरी कोस्ट – मैत्रीपूर्ण – शुक्रबार बिहान १२ः३० बजे
- स्वीट्जरल्यान्ड भर्सेस क्रोएसिया – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे
- इंग्ल्यान्ड भर्सेस वेल्स – मैत्रीपूर्ण – शुक्रबार बिहान १२ः४५ बजे
- नेदरल्यान्ड्स भर्सेस मेक्सिको – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे
- इटाली भर्सेस माल्डोभा – मैत्रीपूर्ण बिहीबार बिहान १२ः३० बजे
- उरुग्वे भर्सेस चिली – विश्वकप छनौट – शुक्रबार बिहान ४ः३० बजे
- पोल्यान्ड भर्सेस फिनल्यान्ड – मैत्रीपूर्ण – बिहीबार बिहान १२ः३० बजे