काठमाडौं, असोज १९
युरोपियन टप–५ लिगमा गत रातिका खेल सकिएपछि लिग फुटबल विश्राम भएको छ । र, अन्तर्राष्ट्रिय ब्रेक सुरु भएको छ । करिब डेढ साताका लागि खेलाडीहरू अब आ–आफ्नो देशको राष्ट्रिय टोलीको ड्युटीमा जानेछन् । राष्ट्रिय टोलीमा डाकिएका खेलाडीहरू आ–आफ्नो देशतर्फ प्रस्थान गर्नेक्रममा छन् ।
यहाँ दक्षिण अमेरिकी क्षेत्रका दुई ठूला टोली ब्राजिल र अर्जेन्टिनाले खेल्ने आगामी दुई खेलबारे जानकारी दिइएको छ । यसपटकको अन्तर्राष्ट्रिय ब्रेकमा लिओनल मेस्सीको अर्जेन्टिना र नेइमारको टिम ब्राजिल दुवैले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनौट खेल खेल्नेछन् ।
सुपरस्टार खेलाडीको टिम भएकाले यस क्षेत्रका यी दुई टोलीका खेल सबैभन्दा प्रमुख चर्चा र केन्द्रमा हुनेछन् । ब्राजिल र अर्जेन्टिनाले छनौट खेल खेल्दा नेइमार र मेस्सी दुवैले आ–आफ्नो देशको प्रतिनिधित्व गर्नेछन् । यी दुवै देशले विश्वकप छनौटअन्तर्गत समूह चरणका सुरुआती दुई–दई खेल यस चरणमा खेल्नेछन् । यसै चरणदेखि छनौट खेल हुन लागेका हुन् ।
ब्राजिलका आगामी दुई खेल
होम – ब्राजिल भर्सेस – बोलिभिया
समय – अक्टोबर १०, शनिबार बिहान ६ः१५ बजे
अवे – पेरु भर्सेस ब्राजिल
समय – अक्टोबर १४, बुधबार बिहान ५ः४५ बजे
अर्जेन्टिनाका आगामी दुई खेल
होम – अर्जेन्टिना भर्सेस इक्वेडर
समय – अक्टोबर ९, शुक्रबार बिहान ५ः५५ बजे
अवे – बोलिभिया भर्सेस अर्जेन्टिना
समय – अक्टोबर १४, बुधबार बिहान १ः४५ बजे