काठमाडौं, असोज १८
स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना सिजनको तेस्रो खेलमा बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको खेलमा बार्सिलोनालाई उसकै घरेलु मैदानमा पाहुना टोली सेभिल्लाले १–१ को बराबरीमा रोकिदिएको हो ।
यससँगै बार्सिलोनाले नयाँ सिजनअन्तर्गत घरेलु मैदानमा दोस्रो खेल खेल्दा नै महत्त्वपूर्ण २ अंक गुमाएको छ । बार्सिलोनाले यसअघिका दुई खेलमा फराकिला जित निकालेर शानदार सुरुआत गरेको थियो । तर, तेस्रो खेलमा बार्सिलोनाका लागि सेभिल्ला विजयी यात्रामा तगारो बनिदियो ।
प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार २०:३०
Loading...