एजेन्सी, असोज १६
स्पेनले अर्को साता हुने तीन अन्तर्राष्ट्रिय खेलका लागि आफ्नो टोली घोषणा गरेको छ । आज स्पेनका प्रमुख प्रशिक्षक लुइस इनरिकेले २५ सदस्यीय टोली घोषणा गरेका हन् । स्पेनले पहिलो खेल मैत्रीपूर्ण खेलअन्तर्गत अक्टोबर ८ तारिखमा पोर्चुगलसँग उसकै घरेलु मैदानमा खेल्नेछ ।
त्यसपछि दोस्रो र तेस्रो खेल युइएफए नेसन्स लिगअन्तर्गत हुनेछन् । जसमा अक्टाबेर ११ तारिखमा आफ्नो घरमा स्वीट्जरल्यान्डविरुद्ध खेल्नेछ । स्पेनको यस चरणको अन्तिम खेल अक्टोबर १४ तारिखमा युक्रेनसँग उसैको घरमा खेल्नेछ ।
इनरिकेले घोषणा गरेको टोलीमा नियमित कप्तान सर्जियो रामोस, सर्जियो रेगुइलियोन, ड्यानी कार्भाहाल, रोड्री, ड्यानी सेबालस, सर्जियो बुस्केट्स, अन्सु फाती, रोड्रिगोसहितका खेलाडी समेटिएका छन् ।
यस्तो छ स्पेनको पूरा टोली :