ला लिगामा आज चार खेल हुँदै : रियल मड्रिड भाल्लाडोलिडसँग भिड्दै

काठमाडौं, भदौ ७
स्पेनिस ला लिगा फुटबलमा आज चार खेल हुँदैछन् । जसमा एक खेलमा रियल मड्रिडले भाल्लाडोलिडसँग खेल्दैछ । रियल सिजनको पहिलो होम म्याचका लागि भाल्लाडोलिडलाई आफ्नो घरमा स्वागत गर्दैछ ।

रियल हाल एक खेल कम खेलेर शीर्ष स्थानमा रहेको सेभिल्लाभन्दा पछि छ । रियल आज आफ्नो खेल जितेर पुनः अंक तालिकाको शीर्ष स्थानमा चढ्ने दाउमा छ । तर, त्यसका लागि उसलाई स्पष्ट जित आवश्यक हुन्छ ।

रियल र भाल्लाडोडिलको खेल नेपाली समयअनुसार राति १०ः४५ बजेबाट सान्टियागो बेर्नाबेउ रंगशालामा सुरु हुनेछ ।

आज हुने अन्य खेलमा राति ८ः४५ बजेबाट ओसासुना र एइबार खेल्नेछन् । अर्को खेलमा सेल्टा भिगो र भ्यालेन्सियाको खेल राति १२ः४५ बजेबाट हुनेछ । यो खेल निकै रोमाञ्चक हुनेछ ।

त्यसैगरी, आज हुने अन्तिम खेलमा राति १२ः४५ बजेबाटै गेटाफे र एथ्लेटिक बिल्बाओको भिडन्त हुँदैछ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०८:५८
Loading...