एजेन्सी, भदौ ७
सिजन २०१९–२० को पहिलो लिग खेल खेल्न इटालियन युभेन्टसले आफ्नो प्रारिम्भक टोली घोषणा गरेको छ । शनिबार हुने खेलका लागि आज २३ सदस्यीय टोली घोषणा भएको हो ।
युभेन्टसले शनिबार राति लिगको पहिलो खेल पार्मासँग खेल्दैछ । लिगको पहलो खेल खेल्न साबिक विजेता टोली अवे मैदानमा उत्रिनेछ ।
सार्वजनिक टोलीमा अधिकांश पहिलो रोजाइका खेलाडी परेका छन् । नयाँ डिफेन्डर माथिस डि लिग्टदेखि नयाँ मिडफिल्डर राबिओट पर्दा आरोन रामेसी भने टोलीमा छैनन् ।
त्यसैगरी, फरवार्ड लाइनमा क्रिस्टियानो रोनाल्डोसहित गोन्जालो हिगुइन, पाउलो डिबाला, डग्लस कोस्टासहितका प्रमुख खेलाडी परेका छन् ।
यस्तो छ युभेन्टसको टोली :
Loading...