पहिलो हाफमा युभेन्टस १–० ले अघि

काठमाडौं, भदौ २८
नयाँ सिजन सुरु हुनुअघि मैत्रीपूर्ण खेलअन्तर्गत इटालियन क्लब युभेन्टस अहिले पहिलो खेल दोस्रो डिभिजनको टिम नोभारासँग खेलिरहेको छ । युभेन्टस ट्रेनिङ सेन्टरमा जारी खेलको पहिलो हाफमा युभेन्टसले १–० को अग्रता लिएको छ ।

आफ्नो घरेलु मैदानमा युभेन्टसले खेलको २०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको हो । रोनाल्डोले नयाँ खेलाडी डेजान कुलुसेभ्स्कीको पासमा बक्स भित्रबाट सुन्दर गोल गरेका थिए । रोनाल्डोको कडा लो प्रहारमा नोभाराका गोलकिपरले रोक्ने मौका नै पाएनन् ।

नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले पहिलो र दोस्रो हाफमा फरक–फरक टिम उतार्ने तयारी गरेका छन् । पहिलो हाफमा रोनाल्डोसहितका खलाडी उत्रिँदा दोस्रो हाफमा दोस्रो रोजाइका खेलाडीलाई खेलाउनेछन् ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०९:०८
Loading...