मेस्सी र मैले ५–५ पटक बालोन डि‘ओर जित्नु कुनै दुर्घटना होइन : रोनाल्डो

एजेन्सी, भदौ ४
हाल इटालियन युभेन्टसबाट खेलिरहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफू र आफ्ना खास प्रतिस्पर्धी बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सीले ५–५ पटक बालोन डि‘ओर जित्नु कुनै दुर्घटना मात्रै नभएको बताएका छन् ।

नयाँ सिजनको पूर्वसन्ध्यामा पोर्चुगिज टिभीसँग कुरा गर्दै रोनाल्डोले आफूहरू दुवैले क्षमता, संघर्ष र योगदानको बलमा ५–५ पटक बालोन डि‘ओर जितेको भन्दै यसमा भाग्य र समयको कुनै खेल नरहेको बताए ।

‘मलाई लाग्छ– म र मेस्सी मात्रै यस्ता खेलाडी हौं, जसले ५–५ पटक बालोन डि‘ओर जितेका छौं । र, यो कुनै दुर्घटना होइन,’ रोनाल्डोले भने, ‘यो मेहनत, संघर्ष र योगदानको फल हो । यो भाग्य र समयको खेल होइन ।’

रोनाल्डोले आफूले कहिले सन्यास लिने भन्नेबारे पनि बताए । ‘म मेरो करिअर अर्को वर्षबाटै अन्त्य गर्न पनि सक्छु । वा ४० कि ४१ वर्षसम्म पनि खेल्न सक्छु । मलाई थाहा छैन । तर, जतिसक्दो धेरै फुटबलसँग रहन र रमाउन चाहन्छु,’ उनले थपे ।

प्रकाशित मिति ४ भाद्र २०७६, बुधबार ०८:२६
Loading...