नेसन्स लिग : आइसल्यान्डको पोस्टमा बेल्जियमद्वारा गोलको वर्षा

काठमाडौं, भदौ २४
युइएफए नेसन्स लिग फुटबलमा बेल्जियमले फराकिलो जित दर्ता गरेको छ । गत राति भएको दोस्रो खेलमा उसले आफ्नो घरेलु मैदानमा पाहुना टोली आइसल्यान्डमाथि ५–१ को पुनरागमन जित निकालेको हो । बेल्जियमलाई जिताउन ५ जना खेलाडीले गोल गरे ।

बेल्जियले पछि परको अवस्था उल्टाएर फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा पाहुना टोली आइसल्यान्डका लागि होल्मवर्ट फ्रिजोनसनले गोल गरेर घरेलु टोलीलाई पछि पारेका थिए । तर, त्यसपछि बेल्जियम खेलमा लगातार हाबी भयो ।

बेल्जियमका लागि खेलको १३औं मिनेटमा एक्सेल विस्टले गोल गरेर खेल बराबरी गरेका थिए । त्यससपछि १७औं र ६९औं मिनेटमा मिके बात्सुयायीले गोल गर्दा ५०औं मिनेटमा ड्रिएज मार्टेन्सले गोल गरे भने ७९औं मिनेटमा जर्मी डोकुले गोल गरेर बेल्जियमलाई ५–१ को जित दिलाए ।

यो जितपछि बेल्जियमले खेलेका दुवै खेल जितेर निकालेर ६ अंकसहित लिग ए–समूह ४ को शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड ४ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०२:३१
Loading...