एजेन्सी, साउन २६
हाल चोटसँग जुधिरहेका स्पेनको क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले नयाँ सिजनअन्तर्गत ला लिगाको पहिलो खेल खेल्ने सम्भावना न्यून बनेको छ । यो कुरा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डे स्वयंले बताएका छन् ।
बार्सिलोनाले अगस्ट १७ मा ला लिगाको उद्घाटन खेल एथ्लेटिक क्लबसँग खेल्दैछ । सो खेलका लागि बार्सिलोना एथ्लेटिक क्लबको मैदानमा उत्रिनेछ ।
आज बिहान अमेरिकामा मैत्रीपूर्ण खेलमा इटालीको क्लब नापोलीलाई हराएपछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले आफ्ना कप्तानको चोटबारे जानकारी गराए ।
‘उनी अहिले फिट हुनका लागि अभ्यास गरिरहेका छन् । उनी क्लबका चिकित्सकको निगरानीमा छन्,’ भाल्भर्डेले भने, ‘तर, मेस्सीले ला लिगाको पहिलो खेल खेल्ने सम्भवना म निकै कठिन देखिरहेको छु ।’
प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार ०५:४७