एजेन्सी, साउन २४
गत सिजनको प्रदर्शनका आधारका विधागत रूपमा दिइने पोजिसनल अवार्डका लागि युइएफएले आज मनोनयन सार्वजनिक गरेको छ । सर्ट लिस्टमा हरेक विधाबाट ३–३ जना गरी १२ जना खेलाडी परेका छन् ।
सार्वजनिक मनोनयनबाट गत सिजनको प्रदर्शनका आधारमा हरेक विधाबाट १ जना गरी जम्मा ४ जनालाई सो अवार्ड प्रदान गरिनेछ ।
यस्तो छ मनोनयन :
गोलकिपरतर्फ – एलिसन बेकर (लिभरपुल), ह्युगो लोरिस (टोटनह्याम), मार्क आन्द्रे टर स्टेगेन (बार्सिलोना)
डिफेन्डरतर्फ – भर्जिल भान डाइक (लिभरपुल), माथिस डि लिग्ट (आयाक्स–युभेन्टस), ट्रेन्ट अर्नोल्ड (लिभरपुल)
मिडफिल्डरतर्फ – क्रिस्टियन एरिक्सन (टोटनह्याम), फ्रेन्की डे जोङ (आयाक्स–बार्सिलोना), जोर्डन हेन्डर्सन (लिभरपुल
फरवार्डतर्फ – लिओनल मेस्सी (बार्सिलोना), क्रिस्टियानो रोनाल्डो (युभेन्टस, साडियो माने (लिभरपुल)
प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार १४:०५