एजेन्सी, साउन १६
यस समयका सबैभन्दा मूल्यवान् खेलाडीको सूची सार्वजनिक भएको छ । चर्चित संस्था ‘ट्रान्सफ मार्केट’ले नयाँ सूची सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचीमा फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमबाप्पे शीर्ष स्थानमा छन् । हाल उनको कूल मार्केट भ्यालु २०० मिलियन युरो रहेको छ । उनीपछि दोस्रो नम्बरमा पिएसजी तथा ब्राजिलका नेइमार छन् । उनको कूल मूल्यांकन १८० मिलियन युरो छ ।
सार्वजनिक सूचीमा स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी लिओनल मेस्सी भने छैटौं स्थानमा मात्रै छन् । हाल ३२ वर्ष पुगेका उनको मार्केट भ्यालु १५० मिलियन युरो छ ।
मेस्सी छैटौं स्थानमा पर्दा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो भने टप–१० सूचीमा छैनन् । सूचीको सबैभन्दा पुछारमा इंग्लिस क्लब लिभरपुल तथा सेनेगलका साडियो माने रहेका छन् ।
यस्तो छ सूची (रकम युरो) :
- केलियन एमबाप्पे (फ्रान्स–पिएसजी) – २०० मिलियन
- नेइमार (ब्राजिल–पिएसजी) – १८० मिलियन
- ह्यारी केन (इंग्ल्यान्ड–टोटनह्याम) – १५० मिलियन
- मोहमद सालाह (इजिप्ट–लिभरपुल) – १५० मिलियन
- इडेन हाजार्ड (बेल्जियम–रियल मड्रिड) – १५० मिलियन
- रहिम स्टर्लिङ (इंग्ल्यान्ड–म्यानचेस्टर सिटी) – १४० मिलियन
- एन्टोनी ग्रीजम्यान (फ्रान्स–बार्सिलोना) – १३० मिलियन
- केभिन डे ब्रुयान (बेल्जियम–म्यानचेस्टर सिटी– १३० मिलियन
- साडियो माने (सेनेगल–लिभरपुल) – १२० मिलियन