काठमाडौं, फागुन १३
नेपाली फिल्म क्षेत्रकी पहिलो नायिका भुवन चन्दको निर्माण डेब्यु रहेको फिल्म ‘साइनो’को गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी सो फिल्मको गीत सार्वजनिक गरिएको हो ।
‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत निकै धमाकेदार बनेको छ । सो गीतमा बसन्त सापकोटाले संगीत दिएका छन् । चेतन कार्कीले लेखेको गीत मेलिना राई तथा प्रताप दासले गाएका छन् ।
गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । रमेश थापाले डेब्यु निर्देशन रहेको फिल्म आगामी वर्ष जेठ १० गतेलाई रिलिज मिति तोकिएको छ ।
प्रेमकथामा आधारित फिल्मको यस गीतमा मिरूना मगर र अभिनेता राजकुमारलाई देख्न सकिन्छ । फिल्ममा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायत कलाकारलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।
प्रकाशित मिति १४ फाल्गुन २०७५, मंगलवार ०३:५६