यस्तो बन्यो फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को ट्रेलर (भिडियो)

काठमाडौं, फागुन १
चर्चित फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिरिज ‘म यस्तो गीत गाउँछु–२’ ट्रेलर सार्वजनिक भएको छ । पल शाह र पूजा शर्माले मुख्य भूमिकामा अभिनय गरेको फिल्मको ट्रेलर बिहीबार औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

सुदर्शन थापा र पूजा शर्माले निर्देशन गरेको सो फिल्मका लागि आगामी फागुन ३० गतेका लागि प्रदर्शन मिति तोकिएको छ । प्रेम कथामा आधारित सिनेमामा जन्मजया र साम्पाङ राई सहनिर्माताका रूपमा छन् । दुई हप्ताअघि मात्रै यसै फिल्मको ’कसम’ शीर्षकको गीत सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति १ फाल्गुन २०७६, बिहीबार १४:११
Loading...