फिल्म ‘लक्का जवान’ को नयाँ गीतमा यसरी नाचे दिलिप र प्रियंका (भिडियो)

काठमाडौं, माघ २९
फिल्म ‘लक्का जवान’को दोस्रो गीत रिलिज भएको छ । आज बुधबार एक कार्यक्रमबीच फिल्ममा समावेश ‘मुसुक्कै हाँस न माया’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीत बाबुल गिरीले लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ । गीत बाबुल र जुना रिजाल काफ्लेले गाएका छन् ।

सो गीतको सुटिङ डान्सिङ नम्बरमा तयार भएको छ । गीतमा फिल्मका मुख्य कलाकार दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । गीतमा जहाँ दिलिप र प्रियंका एक जोडी बन्दा सलोन र वर्षालाई अर्को जोडीका रूपमा देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

आगामी चैत २१ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मलाई शिवहरि पौडेलले निर्देशन गरेका हुन् । फिल्मको कथा, पटकथा तथा संवाद पनि उनकै रहेको छ । फिल्म कमेडी विषयमा रहेको छ । फिल्ममा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलसहित सुशील पोखरेल, मनिषा श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

प्रकाशित मिति २९ माघ २०७६, बुधबार १५:०५
Loading...