‘मेस्सीले बार्सिलोनासँग सम्झौता लम्ब्याउने सम्भावना न्यून’

एजेन्सी, माघ २९
स्पेनिस क्लब बार्सिलोनाका पूर्वउपाध्यक्ष जोर्डी मेस्ट्रीले यो बताएका छन् कि, हाल टोलीको कप्तानी गरिरहेको प्रमुख फरवार्ड लिओनल मेस्सीले क्लबसँग अब नयाँ सम्झौता नवीकरण नगर्ने सम्भावना बढेको छ । ‘मार्सा’ सँग कुरा गर्दै उनले मेस्सी र क्लबबीच अब नयाँ सम्झौता हुने सम्भावना आफूले न्यून मात्रै देखेको बताए ।

बार्सिलोनासँग हाल रहेको मेस्सीको सम्झौता सिजन २०२०–२१ सँगै सकिनेछ क्लब पछिल्लो समय मेस्सीसँग नयाँ सझौता गर्ने पक्षमा छ । तर, क्लबमा बदलिँदो परिवेशले त्यो सम्भावना कमजोर बनाउँदै लगेको जानकारहरू बताउँछन् ।

‘मैले अब उनले सम्झौता लम्ब्याउने सम्भावना निकै कम देखेको छु । मैले बोर्डका अधिकारी वा खेलाडीलाई सोधेको छैन । तर, मैले यस्तो संकेत देखिरहेको छु,’ मेस्ट्रीले भनेका छन्, ‘मलाई लाग्छ– मेस्सीले अब नयाँ विकल्पबारे सोच्नेछन् ।’

मेस्ट्रीले यदि बार्सिलोनाले अब पनि ठूला उपाधि नजितिरहने हो भने मेस्सी टिमको हिस्सा भइनराख्ने बताए । ‘मेस्सी अझै पनि ठूला उपाधि जित्न चाहन्छन्, च्याम्पियन्स लिग । यदि बार्सिलोनाले लगातार च्याम्पियन्स हार्दै जाने हो भने मेस्सीले सम्झौता अवधि नसकिँदै क्लब छाड्न सक्नछन् ।’

प्रकाशित मिति २९ माघ २०७६, बुधबार १४:२२
Loading...