गोल्डेन बुट दौडमा ‘नयाँ अनुहार’ अगाडि : यस्तो छ ताजा अवस्था

काठमाडौं, माघ २८
जारी सिजन युरोपियन गोल्डेन बुटको दौडमा इटालियन क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइल पहिलो नम्बरमा उभिएका छन् । यो सिजन उनले सिरी ए लिगमा २३ खेल सकिँदा कूल २५ गोल गरेर युरोपिपयन गोल्डेन बुट दौडमा प्रमुख दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

सिरोले २३ खेलबाट २५ गोल गर्दै ६ गोलमा असिस्टसमेत गरेका छन् । उनले युरोपियन टप–५ लिगमा अन्य ठूला नाम र खेलाडीलाई पनि पछि पारेका छन् ।

कीर्तिमानी छैटौंपटक गोल्डेन बुट जितेका स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी यो सिजन सबैभन्दा पुछारमा छन् । टप–५ लिगमा उनी ला लिगाबाट सबैभन्दा कम गोलसहित पाँचौं स्थानमा छन् ।

हालसम्म युरोपियन टप–५ लिगका सर्वाधिक गोलकर्ता :

सिरी ए – सिरो इम्मोबाइल (लाजियो) – २५ गोल

बुन्डेसलिगा – रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख) – २२ गोल

प्रिमियर लिग – जिमी भर्डी (लेस्टर सिटी) – १७ गोल

लिग वान – विसम बेन येडर (मोनाको) – १६ गोल

ला लिगा – लिओनल मेस्सी (बार्सिलोना) – १४ गोल

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १३:२५
Loading...