क्यान्सरको खतराबाट बच्न घरमै पाइने तुलसी र बेसार अचूक उपाय !

क्यान्सर एक घातक रोग हो । यसका थुप्रै कारण छन् । त्यसमध्ये पनि अस्वस्थ्य जीवनशैली एक प्रमुख कारण मानिन्छ । यो खानपानसँग जोडिन्छ । खानपानकै कारण क्यान्सर लाग्न सक्छ । क्यान्सरप्रतिरोधी गुण पनि खानेकुरामै हुन्छ । तर, त्यसका लागि हामीले कस्ता खानेकुरा खाने भन्ने कुरा थाहा पाउनु आवश्यक हुन्छ । तपाईं–हाम्रा घर–भान्सामै क्यान्सरको खतराबाट बचाउन उपलब्ध थुप्रै खानेकुरा हुन्छन् । यहाँ त्यसबारे चर्चा गरिएको छ ।

क्यान्सर किलर तुलसी

कतिलाई यो थाहा नहुन सक्छ कि, तुलसीलाई ‘क्यान्सर किलर’ भने पनि हुन्छ । तुलसीको नियमित सेवनले शरीरका अनेक रोग हट्छन् । हरेक दिन तुलसीको २ वा ३ पत्ता खाने गर्दा क्यान्सर त के ज्वरोले पनि छुँदैन ।

बेसारले गर्छ जादु

बेसार एउटा राम्रो एन्टिसेप्टिक हो । हाम्रो खानपिनमा बेसार सधैं प्रयोग हुन्छ । त्यसो त यसको प्रयोग शुभ कार्यमा पनि गरिन्छ । त्यसैले यसको नियमित सेवन गर्दा क्यान्सर रोक्न यसले ठूलो काम गर्छ ।

नीम सर्वरोग नाशक

तितो पत्ती भनेर चिनिने नीमलाई आयुर्वेदमा सर्वरोग नाशकका रूपमा लिइन्छ । नीममा क्यान्सरसँग लड्ने शक्ति पनि हुन्छ । क्यान्सरको रोगीले यदि दैनिक नीमको ८ देखि १० पत्ता खुवाउने हो भने उसको स्वास्थ्यमा उल्लेख्य सुधार हुन्छ ।

ग्रीन टी झन् उपयोगी

एन्टिअक्सिीडेन्ट गुणहरूबाट भरिपूर्ण ‘ग्रीन टी’ले शरीरलाई रोगप्रतिरोधी बनाउँछ । यसमा एक किसिमको पोषणतत्त्व हुन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिँदैन । अचेल सहरीया जीवनमा यसको उपभोग झन् बढ्दो छ ।

प्रकाशित मिति २८ माघ २०७६, मंगलवार १३:२०
Loading...