भ्यालेन्सिया कोपा डेल रे कपको अन्तिम आठबाटै आउट !

काठमाडौं, माघ २२
स्पेनिस कोपा डेल रे फुटबल कपमा ग्रानाडा सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । गत राति भएको अन्तिम आठको खेलमा ग्रानाडाले भ्यालेन्सियालाई २–१ ले हराउँदै प्रतियोगिताबाट आउट गरायो भने आफू सेमिमा प्रवेश गरेको छ ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा ग्रानाडनाका लागि खेलको तेस्रो मिनेटमै रोवेर्टो सोल्डाडोले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ४०औं मिनेटमै भ्यालेन्सियाका लागि रोड्रिगोले गोल गरेर खेल १–१ बनाए ।

त्यसपछि दुवै टिम विजयी गोलको खोजीमा रहेका बेला ९० मिनेटपछि थपिएको समयको चौथो मिनेटमा ग्रानाडाले पेनाल्टी पायो । जसमा सोल्डाडोले नै गोल गर्दै ग्रानाडालाई सेमिफाइनल लैजान महत्त्वपूर्ण जित दिलाए ।

प्रकाशित मिति २२ माघ २०७६, बुधबार ०६:१२
Loading...