पिएसजीले च्याम्पियन्स लिग जित्ने सम्भावनाबारे यसो भन्छन् डि मारिया

एजेन्सी, चैत १९
फ्रेन्च क्लब पिएसजीका अर्जेन्टिनी खेलाडी एन्जल डि मारियाले आफ्नो क्लबले यो सिजन च्याम्पियन्स लिग जित्ने सम्भवनाबारे कुरा गरेका छन् । अर्जेन्टिनी मिडिया ‘टिवाईसी स्पोर्ट्स’सँग कुरा गर्दै उनले आफूहरूका लागि च्याम्पियन्स लिग सधैं चुनौतीको विषय रहेको बताए ।

‘युरोपको सबैभन्दा ठूलो प्रतियोगिता सबै टिम जित्न चाहन्छन्, हामी पनि चाहन्छौं,’ डि मारियाले भने, ‘तर, यो पिएससजीका लागि सधैं चुनौतीपूर्ण बन्दै आएको छ । अहिले पनि उही अवस्था छ ।’

डि मारियाले विश्वका ठूला खेलाडी र नाम भएर मात्रै च्याम्पियन्स लिग जित्न नसकिने बताए । ‘टिममा ठूला खेलाडी वा ठूला नाम भएर मात्रै ठूला प्रतियोगिता जित्न सकिँदैन । गत सिजन पनि हामी च्याम्यिन्स लिग जित्न चाहन्थ्यौं, यसपटक पनि चाहन्छौं,’ डि मारियाले भने, ‘यो सिजन हामी थप मेहनत गर्नेछौं ।’

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०८:४२
Loading...