बार्सिलोनाको जर्सीमा मेस्सीले बनाए दुर्लभ कीर्तिमान

काठमाडौं, माघ १७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले स्पेनिस फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । उनी अब स्पेनिस फुटबल इतिहासमा बार्सिलोनाको खेलाडीका रूपमा ५०० खेल जित्ने पहिलो खेलाडी बनेका छन् । गए राति आफ्नो घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई कोपा डेल रे कपको अन्तिम १६ मा ५–० ले हराउँदा मेस्सीका लागि ५००औं जित थियो ।

सो खेलमा मेस्सीले २ गोल गर्दै टिमको फराकिलो जितमा योगदान दिएका थिए । बार्सिलोनाको जर्सीमा ५०० जित निकाल्नेक्रममा मेस्सीले कूल ८६ फरक–फरक टिमविरुद्ध गरेका छन् । उनीपछि बार्सिलोनाकै पूर्वखेलाडी जाभीले ४७६ र आन्द्रेस इनिएस्टाले ४५९ खेल जितेका छन् ।

प्रकाशित मिति १७ माघ २०७६, शुक्रबार ०४:०९
Loading...