चर्चित क्रिकेटर क्रिस गेल क्रिकेट खेल्न नेपाल आउँदै

काठमाडौं, माघ १६
वेस्ट इन्डिजका चर्चित र विष्फोटक ब्याट्सम्यान क्रिस गेल क्रिकेट खेल्न नेपाल आउने भएका छन् । काठमाडौंमा हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिता खेल्न उनी नेपाल आउने भएका हुन् ।

गेललाई इपिएल टिम पोखरा राइनोजले अनुबन्ध गरेको हो । सो कुरा इपिएलले बिहीबार अफिसियल रूपमा पुष्टि गरेको छ । टि–२० क्रिकेटका ‘युनिभर्सल बोस’ भनेर चिनिने गेल आगामी चैतमा कीर्तिपुरस्थित त्रिवि मैदानमा आयोजना हुने प्रतियोगितामा सामेल हुनेछन् ।

यता, नेपाल आउन लागेका उनले एक भिडियो सन्देश पठाउँदै आफू खुसी र उत्साहित भएको बताएका छन् । उनले भिडियोमार्फत् आफ्नो टिमलाई समर्थन गर्न पनि अनुरोध गरेका छन् । उनले फ्यानहरूलाई आफ्नो धमाका हेर्न तयार रहन अनुरोध गरेका छन् ।

प्रकाशित मिति १६ माघ २०७६, बिहीबार १०:३३
Loading...