नेपालले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको संख्या र पोस्ट थप्दै

काठमाडौं, माघ ९
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले दक्षिणतर्फको सीमा सुरक्षा थप बलियो बनाउन सरकारले विशेष तयारी गरिरहेको बताएका छन् । सशस्त्र प्रहरी बलको १९औं स्थापना दिवस अवसरमा सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले सीमा सुरक्षालाई ध्यान दिँदै बोडर्रमा प्रहरीको संख्या र पोस्ट तैनाथी बढाउने गरी तयारी थालिएको बताए ।

गृहमन्त्री थापाले सीमा अतिक्रमण, चोरी तस्करी र आपराधिक गतिविधि रोक्न सशस्त्र प्रहरीको आउट पोस्ट थपिने प्ष्ट पारे । त्यसो हुँदा नेपाल–भारत खुला सीमाको फाइदा उठार हुने गलत काम र आपराधिक घटना कमी हुने उनको भनाइ थियो ।

प्रकाशित मिति ९ माघ २०७६, बिहीबार १६:४५
Loading...