अर्घाखाँची, फागुन ५
यहाँको मालारानी गाउँपालिकामा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । शनिबार राति परेको चट्याङ लाग्दा अन्य २ जना गम्भीर घाइते भएका छन् ।
मालारानी गाउँपालिका–८, हंशपुरको बिजुरेमा चट्याङ लाग्दा स्थानीय २६ वर्षीय बाबुराम अधिकारीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार चट्याङ लागेर अचेत अवस्थामा रहेका अधिकारीको उपचारनिम्ति जिल्ला अस्पलता लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो ।
प्रहरीका अनुसार अन्य घाइते २ जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार जारी छ ।
प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार ०३:५५
Loading...