विवाहपछि महिलामा आउने यी परिवर्तन, जुन तपाईंलाई थाहा नहुन सक्छ !

वैवाहिक सम्बन्धमा बाँधिएपछि अधिकांश महिलामा परिवर्तन आउँछन् । त्यस्ता परिवर्तन मानसिक र शारीकि दुवै रूपमा आउँछन् । यस्तो तथ्य विभिन्न अध्ययन–अनुसन्धानले पुष्टि गरेको छ ।

बिहेपछि पतिसँग शारीरिक सम्पर्क हुने भएकाले यसले शरीर रि–प्रोडक्सनका लागि तयार हुन्छ । त्यसक्रममा विभिन्न हर्मोनको मात्रा बढ्न थाल्छ । त्यसको असर शारीरिक र मानिसक रूपमा पनि देखिन थाल्छ ।

यहाँ विभिन अध्ययन–अनुसन्धानबाट पुष्टि भएका केही तथ्यबारे चर्चा गरिएको छ :

– महिलामा बढ्ने हर्मोनले भोक बढ्ने, फ्याट जम्मा हुने, तौल बढ्ने गर्छ ।

– विवाहपछि महिलामा असंख्य हर्मोन बढ्छन्, जसले स्किनलाई सफ्ट, ग्लोइङ र स्वस्थ बनाउन सहयोग गर्छ ।

– त्यसैगरी, स्ट्रोजन हर्मोन बढ्दा कपाल कालो र बाक्लोसमेत हुँदै जान्छ ।

– विवाहपछि अधिकांश महिलामा फ्याट बढ्छ । जसका कारण पेट, थाई, हिप्स र चेस्टमा बढी मात्रामा फ्याट वृद्धि हुन्छ ।

– महिलामा हुने स्ट्रोजन हर्मोनले मुटुलाई सुरक्षा दिन मदत गर्छ । यसले शरीरको गन्ध पनि कडा बनाउँछ ।

– बिहेअघि महिनावारी गडबढ भएका धेरैजसो महिलाको बिहेपछि सामान्य हुन्छ ।

प्रकाशित मिति २२ पुष २०७६, मंगलवार ०४:५५
Loading...