चीनले गर्‍यो  अर्को चमत्कार : जमिनमुनि बनायो १८ तले पाँचतारे होटल !

हाम्रो छिमेकी देश चीनलाई चमत्कारको देश पनि भनिन्छ । जुन देश नयाँ–नयाँ आविष्कार, निर्माण र विकासले चर्चित छ । उसले यस्ता काम गर्छ, जुन सुन्दै पनि दुनियाँ चकित हुन्छ ।

त्यही चीनले अर्को चमत्कार गरेको छ । त्यहाँको सांघाईस्थित सोंगजियांग क्षेत्रमा अहिले एक पाँचतारे होटल बनाइएको छ, जुन जमिनभन्दा निकै तल छ ।

यस्तो अनौठो होटल करिब १२ वर्ष लगाएर निर्माण पूरा गरिएको हो । केही समयअघि मात्रै सो होटलमा सबै काम सकेर सर्वसाधारणका लागि खुला गरिएको छ । यसको चर्चा अहिले चौतर्फी बढ्दो छ ।

भन्दा पत्याउन मुस्किल पर्छ । जमिनमुनि रहेको यस्तो होटल १८ तल्लाको छ । अझ यो होटेलको अधिकांश भाग त जमिनको सतहभन्दा निकै तल छ ।

यस्तो अनौठो होटललाई अहिले विश्वकै पहिलो भूमिगत होटल भनेर चर्चा गरिँदैछ । यो होटलको दुई तल्ला भने जमिनमाथि छ, जुन सामान्य अवस्थामा देख्न सकिन्छ । बाँकी सबै तल्ला भने जमिनको भागभन्दा मुनि छन् ।

अझ रोचक कुरा त यो छ कि, त्यसमा पनि सबैभन्दा तलका दुई तल्ला त पानीको पोखरीमुनि नै छन् । पानीमुनि रहेका दुई तल्लामा बस्ने पाहुनाले एउटा ठूलो अक्वारियममा बसेको अनुभव गर्छन्, जुन निकै रोमाञ्चक र उत्तिकै डरलाग्दो हुने त्यहाँ पुगेकाहरू बताउँछन् ।

यस्तो अनौठो होटल बनाउन ५ सय जना आर्टिटेक्ट, इन्जिनियर तथा मजदुरले १२ वर्षसम्म लगातार काम गरेका थिए ।

यस्तो चकित पार्ने होटल बनाउन ३२ अर्ब रुपैयाँ लगानी लागेको बताइन्छ । यो होटलको डिजाइन बेलायती आर्किटेक्ट मार्टिन जोकम्यानले गरेका हुन् ।

दुनियाँकै यस्तो चकित होटल जमिनबाट ८८ मिटर गहिराइसम्म रहेको छ । यो होटलको सबैभन्दा महँगो कोठाको खर्च एक रातको मात्रै १४ हजार डलर पर्छ । यो होटलमा जम्मा ३ सय ३६ वटा कोठा रहेका बताइएको छ ।

प्रकाशित मिति १७ पुष २०७६, बिहीबार ०९:११
Loading...