आज रियल मड्रिड र रियल सोसिडाड भिड्दै

काठमाडौं, मंसिर ७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज रियल मड्रिड र रियल सोसिडाडको खेल हुँदैछ । मड्रिड एक खेल बढी खेलेको सोसिडाडलाई आफ्नो १३औं खेल खेल्न आफ्नो घरमा स्वागत गर्दैछ ।

खेल मड्रिडको घरेलु मैदान सान्टियाागो बेर्नाबेउ रंगशालामा राति १ः४५ बजेबाट सुरु हुनेछ । हाल मड्रिड १२ खेलपछि २५ अंकसहित दोस्रो स्थानमा छ भने सोसिडाड १३ खेलपछि२३ अंक बनाएर पाँचौं स्थानमा छ ।

मड्रिड आज आफ्नो घरमा हुने यो खेल जितेर बार्सिलोनासँगको प्रतिस्पर्धा कायमै राख्न चाहन्छ । यदि आज बार्सिलोना आफ्नो खेलमा लेगानेससँग पराजित भए वा बराबरीमा रोकिए रियलले आफ्नो खेल जितेर त्यसको फाइदा लिन सक्नेछ ।

लिगमा आज हुन्य खेलहरूमा साँझ ५ः४५ बजेबाट लेगानेस र बार्सिलोना खेल्दा राति ८ः४५ बजेबाट रियल बेटिस र भ्योन्सिया खेल्नेछन् । राति ११ः१५ बजेबाट ग्रानाडा र एथ्लेटिको मड्रिडको खेल हुनेछ ।

प्रकाशित मिति ७ मंसिर २०७६, शनिबार ०६:३५
Loading...