निर्णायक भिडन्तका लागि सिटी र पिएसजीको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, वैशाख २१

युरोपियन च्याम्पियन्स लिग फुटबलमा अबको केहीबेरमा सेमिफाइनल अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पिएसजी आमनेसामने हुँदैछन् । यो खेल सिटीको घरेलु मैदानमा नेपाली समयअनुसार ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

सो खेलका लागि घरेलु टोली सिटी र पाहुना टोली पिएसजी दुवै टिमले आ–आफ्नो प्लेइङ सेट उतारेका छन् । सिटीले केभिन डे ब्रुयाने, बर्नान्डो सिल्भा, फिल फोडेन, इकाए गुन्डोवान, रियाद महारेजसहितका खेलाडी सुरुआतबाटै उतार्ने भएको छ । यता, पाहुना टोली पिएसजीको टोलीमा नेइमार, माउरो इकार्डी र डि मारियासहितका खेलाडी सुरुआतबौ उत्रिनेछन् ।

Man City XI: Ederson; Walker, Stones, Dias, Zinchenko; Fernandinho, De Bruyne, Gündoğan; Mahrez, Bernardo, Foden.
PSG XI: Navas; Florenzi, Marquinhos, Kimpembe, Diallo; Paredes, Herrera, Verratti; Di María, Neymar, Icardi.

प्रकाशित मिति २१ बैशाख २०७८, मंगलवार १६:४०
Loading...