टोटनह्यामबाट बर्खास्त मोउरिन्हो रोमाको प्रशिक्षकमा नियुक्त

एजेन्सी, वैशाख २१

दुई साताअघि मात्रै इंग्लिस क्लब टोटनह्यामबाट बर्खास्तीमा परेका पोर्चुगिज म्यानेजर जोसे मोउरिन्हो इटालियन क्लब रोमाको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन् । रोमाले आज अफिसियल रूपमा मोउरिन्होलाई नयाँ सिजनबाट कार्यभार सम्हाल्ने गरी नयाँ प्रशिक्षकका रूपमा नियुक्त गर्दै समेत गरेको भएको पुष्टि गरेको छ ।

यससँगै ५८ वर्षीय मोउरिन्होले नयाँ सिजन २०२१–२२ बाट रोमाको टोली सम्हाल्नेछन् । हाल रोमाको प्रशिक्षक पाउलो फोन्सेका रहेका छन् । उनी पनि पोर्चुगलकै हुन् । पाउलोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा मंगलबार मात्रै गरेका थिए । त्यसलगत्तै रोमाले मोउरिन्होलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो ।

यसअघि मोउरिन्होले प्रिमियर लिग टोली टोटनह्यामलाई १७ महिना सम्हालेका थिए । तर, लगातार टोलीको खराब प्रदर्शन र नतिजापछि उनलाई क्लबले अप्रिल १९ ताखिमा पदबाट हटाएको थियो । रोमाको प्रमुख प्रशिक्षक बनेपछि मोउरिन्होले नयाँ क्लबमा काम गर्न पाउँदा खुसी लागेको पाउँदा आफू नयाँ सिजनका लागि उत्साहित रहेको बताएका छन् ।

मोउरिन्होले यसअघि पनि इटालियन क्लबलाई प्रशिक्षण गरिसकेका छन् । उनी सन् २००८ देखि २०१० सम्म इन्टर मिलानको प्रशिक्षक थिए । उनले त्यसबेला मिलानलाई एक च्याम्पियन्स लिगसहित दुई सिरी, लिग र एक–एकपटक कोपा इटालिया र सुपरकप इटालियाको उपाधि जिताएका थिए ।

प्रकाशित मिति २१ बैशाख २०७८, मंगलवार १५:५४
Loading...