चेल्सी र रियल मड्रिडको प्लेइङ–११ सार्वजनिक

काठमाडौं, वैशाख २२

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा अबको केहीबेरमा दोस्रो सेमिफाइनल अन्तर्गत दोस्रो लेगको निर्णायक खेलमा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिड आमनेसामने हुँदैछन् । खेल चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार ठीक १२ः४५ बजेबाट सुरु हुनेछ ।

सो खेलका लागि घरेलु टोली चेल्सी र पाहुना टोली रियल दुवै टिमले आ–आफ्नो प्लेइङ–११ घोषणा गरेका छन् । चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले सुरुआती टोलीमा गोल पोस्टमा मेन्डीलाई राखेका छन् भने रक्षापंक्तिमा थियागो सिल्भा, रुडीगारसहितका खेलाडी छन् । मिडफिल्ड तथा फ्रन्ट लाइनमा चिलवेल, कान्टे, मासोन मोउन्ड, काई हाभर्ट्ज, टिमो वार्नरसहितका खेलाडीलाई पहिलो रोजाइमा राखेका छन् ।

यता, पाहुना टोली रियलका मुख्य प्रशिक्षक जिनेदिन जिदानले गोल पोस्टमा थिबाउट कोर्टुवालाई राखेका छन् भने कप्तान सर्जियो रामोस लामो समयपछि सुरुआती टोलीमा फर्किएका छन् । जनवरीपछि पहिलोपटक मैदान फर्किएका उनले आज महत्त्वपूर्ण खेलमा सुरुआती टोलीमै स्थान पाएका छन् । उनलाई रक्षापंक्तिमा इडर मिलिटाओ र फोर्लान मेन्डीले सघाउनेछन् ।

मिडफिल्डमा टोनी क्रुस, कासेमिरो र लुका मोड्रिचले पहिलो रोजाइमा स्थान पाउँदा फ्रन्ट लाइनमा भने करिम बेन्जेमा, भिनिसियस जुनियर र इडेन हाजार्डले जिम्मेवारी पाएका छन् । यसअघिको खेलमा बेन्चबाट मैदान छिरेका हाजार्डलाई आज जिदानले सुरुआतबाटै उतार्ने भएका छन् ।

Real Madrid XI vs Chelsea:
Courtois;
Nacho-Ramos-Militao-Mendy;
Modric-Casemiro-Kroos;
Vinicius Jr-Benzema-Hazard

Chelsea XI vs. Real Madrid:
Mendy;
Christensen-Silva, Rudiger;
Azpilicueta-Jorginho-Kante-Chiwell;
Mount-Havertz-Werner.

प्रकाशित मिति २२ बैशाख २०७८, बुधबार १०:१८
Loading...