यस्तो हुनेछ म्यानचेस्टर सिटी र पिएसजीको ‘तुफानी’ प्लेइङ–११

काठमाडौं, वैशाख २१

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज राति सेमिफाइनल अन्तर्गत दोस्रो लेगको एक निर्णायक खेल हुँदैछ । आ इंग्लिस क्लब म्यानचेस्टर सिटी र गत सिजनको फाइनालिस्ट फ्रेन्च क्लब पिएसजी दोस्रो लेगको निर्णायक खेलमा आमनेसामने हुँदैछन् । यो खेलपछि आजै फाइनल प्रवेश गर्ने एक टोलीको टुंगो लाग्नेछ ।

यो खेल सिटीको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । खेल ‘सिटी अफ् म्यानचेस्टर स्टेडियम’मा हुनेछ । यसअघि पिएसजीको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा सिटीले १–२ ले जितेको थियो । आज आफ्नो घरमा उत्रिँदा सिटी पहिलो लेगको नतिजा जोगाउन चाहन्छ भने पिएसजी पहिलो लेगको नतिजा उल्ट्याउने दाउमा हुनेछ ।

आज आफ्नो घरेलु मैदानमा उत्रिँदा सिटीलाई धेरै ठूलो दबाब हुनेछैन । यसअघिको पिएसजीको मैदानमा जित्दा २ अवे गोल गरेकाले उसलाई आज यसको फाइदा पुग्न सक्नेछ । यदि सिटी घरेलु मैदानमा पिएसजीसँग कम्तीमा ०–१ ले मात्रै पराजित भए पनि एग्रीगेट नतिजाका आधारमा सिटी नै अगाडि रहेर फाइनल प्रवेश गर्नेछ । त्यसबेला उसलाई बढी अवे गोलको फाइदा हुन्छ ।

तर, पिएसजीलाई भने सिटीको मैदानमा नतिजा उल्टाउन प्रभावशाली नतिजा नै चाहिन्छ । उसलाई आज कम्तीमा ०–२ को एकपक्षीय जित चाहिन्छ । यो सबैभन्दा सजिलो नतिजा हुनेछ । यदि उसले आफूले गोल खाएको खण्डमा भने पिएसजीले सिटीलाई २–३ को अन्तरमा हरायो भने पनि पिएसजी फाइनल पुग्नेछ । त्यो बेला खेल समग्रमा ४–४ हुने भए बढी अवे गोलका आधारमा पिएसजी फाइनल पुग्नेछ ।

कस्तो होला प्लेइङ– ११ ?

आज पिएसजीको टोलीमा प्रमुख फरवार्ड केलियन एमबाप्पे चोटका कारण सुरआती टोलीमा हुनेमा ठूलो शंका छ । उनी नहुँदा माउरो इकार्डीले आज सुरुआत गर्नेछन् । विंगर जाउन बर्नाट घाइते छन् भने डिफेन्डिङ मिडफिल्डर इड्रिसा गुईए अघिल्लो लेगमा रातो कार्ड पाएकाले प्रतिबन्धमा छन् । आज पिएसजीको टोलीमा प्रमुख गोलकिपरमा केलर नाभास, मार्किन्वहस, लियान्द्रो पाराडेश, एन्डर हरेरा, मार्को भेराट्टी, एन्जल डि मारिया, माउरो इकार्डी र नेइमारसहितका खेलाडी सुरुआती टोलीमा हुनेछन् ।

यता, आज सिटीको टोलीमा चोट, प्रतिबन्ध केहीको तनाव र झमेला छैन । टोलीमा सबै खेलाडी ठीकठाक रहेका छन् । आज पेप ग्वार्डिओलाले सुरुआती टोलीमा गोलकिपरमा इडर्सन, रक्षापंक्तिमा जोआ कान्सलो, रुबेन डियाज, केले वाल्कर हुनेछन् । मिडफिल्ड र फरवार्ड लाइनमा इकाई गुन्डोवान, वर्नान्डो सिल्भा, केभिन डे ब्रुयाने, पिल फोडेन, रियाद महारेजसहितका पहिलो रोजाइका खेलाडी ठीकठाक उपलब्ध हुनेछन् ।

Manchester City Predicted XI (4-3-3): Ederson; Joao Cancelo, Ruben Dias, John Stones, Kyle Walker; Rodri, Ilkay Gundogan, Bernardo Silva; Kevin De Bruyne, Phil Foden, Riyad Mahrez
Paris Saint-Germain Predicted XI (4-2-3-1): Keylor Navas; Mitchel Bakker, Presnel Kimpembe, Marquinhos, Alessandro Florenzi; Leandro Paredes, Ander Herrera; Marco Verratti, Angel Di Maria, Neymar; Mauro Icardi

प्रकाशित मिति २१ बैशाख २०७८, मंगलवार ०८:०२
Loading...