बार्सिलोनमा मेस्सीले पूरा गरे नयाँ कोसेढुंगा

काठमाडौं, वैशाख २०

स्पेनिस ला लिगा फुटबलमा गत राति बार्सिलोनाले लिगको ३४औं साताको खेलमा भ्यालेन्सियालाई २–३ ले हरायो । अवे मैदानमा टिमलाई कमब्याक जित दिलाउनका लागि कप्तान लिओनल मेस्सीले २ गोल गरे भने एन्टोनी ग्रीजम्यानले १ गोल गरे । बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर जित हात पारेको थियो । सो जितपछि बार्सिलोना उपाधि होडमा कायमै रहेको छ ।

गत राति मेस्सीले १ गोल फ्री किकमार्फत् गर्दै महत्त्वपूर्ण कोसेढुंगा पूरा गरेका छन् । उनले बार्सिलोनाको जर्सीमा फ्रि किकमार्फत् ५०औं गोलको कोसढुंगा पूरा गरेका हुन् । सन् २००४ देखि लगातार बार्सिलोनामा खेल्दै आएका मेस्सीले अब क्लबका लागि फ्रि किकमार्फत् सोझै गोल गरेको कूल संख्या ५० पुगेको छ ।

गत राति मेस्सीले खेलको ६९औं मिनेटमा फ्रि किकमार्फत् दर्शनीय गोल गरेका थिए, जुन उनका लागि बार्सिलोनाको जर्सीमा ५०औं र समग्रमा ५६औं फ्रि किक गोल थियो । गत राति फ्री किकमा गोल गर्नुअघि मेस्सीले पेनाल्टी मिस गरेका थिए । तर, उनले रिबाउन्डमा गोल गर्न सफल भएका थिए ।

हाल ३४ वर्ष पुगेका मेस्सीले सबैखाले प्रतियोगिताबाट कूल ७७५ खेल खेल्नेक्रममा ५० गोल सोझै फ्रि किकमार्फत् गरेका हुन् । यस दौरान कूल ६७० गोल गरेका छन् । मेस्सीले हालसम्म ६ फ्रि किक गोल भने अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि गरेका छन् ।

यता, गत रातिको १ फ्रि किक गोलको मदतमा मेस्सीले इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोको कूल फ्री कि गोलसँग बराबरी पनि गरेका छन् । युभेन्टस तथा पोर्चुगलका रोनाल्डोले आफ्नो करिअर दौरान कूल ५६ गोल फ्रि किकमार्फत् गर्दै रेकर्ड बनाएका थिए । मेस्सीले गत राति गोल गर्नुअघि रोनाल्डोका नाममा यो एकल रेकर्ड थियो ।

तर, अब सो रेकर्ड रोनाल्डो र मेस्सीका नाममा रहनेछ । ताजा अवस्थामा रोनाल्डो र मेस्सीका नाममा समान ५६–५६ फ्री किक गोल छ । तर, मेस्सीले रोनाल्डोको भन्दा कूल १४६ खेल कम खेलेर रोनाल्डोको कूल फ्रि किक गोल संख्यासँग बराबरी गरेका छन् । १५६ खेल कम खेल्नु भनेको धेरै ठूलो अन्तर हो ।

प्रकाशित मिति २० बैशाख २०७८, सोमबार १४:१६
Loading...