आज बार्सिलोना ग्रानाडासँग भिड्दै : पहिलोपटक शीर्ष स्थानमा चढ्ने मौका

काठमाडौं, वैशाख १६

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज उपाधि दौडमा रहेको बार्सिलोना लिगको ३३औं साताको खेल खेल्दै छ । उसले बाँकी रहेको खेल आज खेल्न लागेको हो । यो खेलका लागि बार्सिलोनाले ग्रानाडालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १०ः४५ बजेबाट क्याम्प नोउ रंगशालामा सुरु हुनेछ ।

हाल अंक तालिकामा बार्सिलोना ३२ खेलपछि ७१ अंकका साथ तेस्रो स्थानमा रहेको छ । बार्सिलोनाका लगिा आज हुने ग्रानाडाविरुद्धको खेल यस्तो सुनौलो अवसर रहेको खेल हो कि, यो खेलमा स्पष्ट जित हात पार्न सके बार्सिलोना यो सिजनमै पहिलोपटक लिगको शीर्ष स्थानमा चढ्नेछ । जारी सिजन सुरु भइकन बार्सिलोना कहिल्यै पनि शीर्ष स्थानमा चढ्न पाएको छैन ।

आजको खेल जितेर ३ अंक जोड्न सके बार्सिलोनाले ३३ खेलपछि कूल ७४ अंकसहित शीर्ष स्थानमा उक्लनेछ । त्यो बेला हालको लिग लिडर एथ्लेटिको मड्रिड समान खेलपछि दोस्रो स्थानमा चिप्लिनेछ । यता, बार्सिलोनाले आज जित्दा रियल मड्रिड ३ अंक र एथ्लेटिको मड्रिड ठीक १ अंकले पछि पर्नेछ । यसको अर्थ बार्सिलोनालाई आजको जित र ३ अंक उपाधि होडमा अघि बढ्न यो सिजनकै सबैभन्दा महत्तवपूर्ण खेल हुनेछ ।

हाल बार्सिलोनाविरुद्ध उत्रिन लागेको ग्रानाडा हाल लिगको आठौं स्थानमा छ । उसले कूल ४२ अंक बनाएको छ । आज बार्सिलोनाको घरेलु मैदानमा उत्रिँदा ग्रानाडाले घेलु टोलीलाई राम्रै टक्कर दिनेछ । ग्रानाडाले पछिल्ला ५ मध्ये ३ खेल हारेर २ खेल जितेको छ । बार्सिलोनाले पछिल्ला ५ मध्ये ४ खेल जितेर १ खेल हारेको छ ।

प्रकाशित मिति १६ बैशाख २०७८, बिहीबार ०५:२०
Loading...