बालोन डिओर–२०२१ को नयाँ ‘पावर र्‍याङकिङ’ सार्वजनिक : कसको स्थान कहाँ छ ?

काठमाडौं, वैशाख ८

जारी सिजन २०२०–२१ अन्त्यतिर पुग्दै गर्दा वर्ष २०२१ को बालोन डिओर अवार्ड कसले जित्दा भन्ने चासो र अड्कलबाजी बढेको छ । यो फुटबल जगतमै दिइने सबैभन्दा चर्चित र प्रतिष्ठित अवार्ड हो । गत वर्ष भने यो अवार्ड यो अवार्ड कोरोना भाइरसको असरका कारण रद्द भएको थियो । तर, यस वर्ष यो अवार्ड प्रदान गरिनेछ । त्यसैले यस वषको फुटबल र उत्कृष्ट खेलाडीले पाउने अवार्डमाथि धेरैको नजर रहेको छ ।

फुटबलको चर्चित संस्था ‘गोल’ ले पछिल्लो अवस्थाको मूल्यांकन गर्दै बालोन डिओर अवार्डका प्रमुख दाबेदारको सूची सार्वजनिक गरेको छ । ताजा वरीयतामा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी दोस्रो स्थानमा छ भने पहिलो स्थानमा फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे रहेका छन् । इटालियन युभेन्टसा क्रिस्टियानो रोनाल्डोको अवस्था पनि खस्किएको छ । उनी टप–१० सूचीको १०औं स्थानमा मात्रै रहेका छन् ।

अघिल्लो वरीयताको आधारमा बार्सिलोनाका मेस्सीले यसपटक आफ्नो पोजिसनमा सुधार गरेका छन् । गत साता कोपा डेल रे उपाधि जित्नेक्रममा उत्कृष्ट प्रदर्शनका साथ २ गोल गरेपछि मेस्सीको अवस्थामा सुधार भएको हो । बार्सिलोनाले फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई ४–० ले हराउँदा मेस्सीले उत्कृष्ट प्रदर्शनका साथ २ गोलको योगदान दिएका थिए ।

१. केलियन एमबाप्पे – यसअघि पहिलो स्थान
२. लिओनल मेस्सी – यसअघि तेस्रो स्थान
३. रोवर्ट लेवान्डोस्की – यसअघि दोस्रो स्थान
४. केभिन डे ब्रुयाने – यसअघि चौथो स्थान
५. रोमेलु लुकाकु – यसअघि पाँचौं स्थान

६. इमाए गुन्डोवान – यसअघि चौथो स्थान
७. करिम बेन्जेमा – यसअघि सातौं स्थान
८. नेइमार – यसअघि १२औं स्थान
९. अर्लिङ हल्यान्ड – यसअघि आठौं स्थान
१०. क्रिस्टियानो रोनाल्डो – यसअघि नवौं स्थान

प्रकाशित मिति ८ बैशाख २०७८, बुधबार १५:०६
Loading...