दोस्रो लेग हारे पनि चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

काठमाडौं, वैशाख १

इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति क्वार्टरफाइनलअन्तर्गत भएको दोस्रो लेगको खेल पोर्चुगिज क्लब पोर्टोसँग चेल्सी आफ्नै घरेलु मैदानमा ०–१ ले पराजित भए पनि एग्रीगेटमा २–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । दोस्रो लेगमा कमब्याक गर्ने पोर्टोको प्रयास पूरा भएन ।

यसअघि चेल्सीले पहिलो लेगमा पोर्टोलाई उसकै घरेलु मैदानमा ०–२ ले हराएको थियो । गत राति ०–१ ले हार्दा पनि समग्रमा चेल्सी २–१ ले अगाडि भएपछि उसले पोर्टोलाई पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो । यदि पोर्टोले थप १ गोल गर्न सकेको भए खेल थप समय हुँदै पेनाल्टीसम्म जान सक्ने थियो । तर, चेल्सीले १ गोल मात्रै खाँदा उसले पहिलो लेगको नतिजाको बलमा अर्को चरण जान सफल भएको हो ।

गत राति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रीजमा भएको खेलमा पोर्टोका लागि खेलको निर्धारित ९० मिनेटपछि थप भएको तेस्रो मिनेटमा मेहदी तरोमीले गोल गरेरका थिए । तर, पोर्टोले दोस्रो गोल गर्न नसक्दा चेल्सी समग्रमा २–१ ले विजयो भयो । गत राति चेल्सीसँगै फ्रेन्च क्लब पिएसजी पनि सेमिफाइनल प्रवेश गरेको छ ।

प्रकाशित मिति ३१ चैत्र २०७७, मंगलवार ०४:२६
Loading...