क्लासिको भिडन्त : रियल र बार्सिलोनाको प्लेइङ ११ घोेषणा

काठमाडौं, चैत २८

स्पेनिस ला लिगा फुटबलमा यस सिजनको दोस्रो इएल क्लासिको भिडन्त अबको केहीबेरमा रियल मड्रिड र बार्सिलोनाबीच हुँदैछ । रियलको घरेलु मैदानमा हुन लागेको खेलमा बार्सिलोना पाहुना टोली हुनेछ । खेल ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । सो खेलका लागि रियल र बार्सिलोना दुवैले आ–आफ्नो सुरुआती टोली घोषणा गरेका छन् ।

आफ्नो घरेलु मैदानमा रियलका प्रशिक्षक जिदानले ३ जना मुख्य डिफेन्डरबिना अन्य विकल्पलाई प्रयोग गरेका छन् । गोल पोस्टमा पहिलो रोजाइका कोर्टुवा छन् भने मिडफिल्ड र फ्रन्ट लाइनमा पनि जिदानले पहिलो रोजाइका खेलाडीलाई स्थान दिएका छन् । यता, बार्सिलोनाले डिफेन्डर जेरार्ड पिकेलाई बेन्चमा राखेर अन्य सबैजसो मुख्य खेलाडीलाई उतार्ने भएका छन् ।

Barcelona’s starting XI: Ter Stegen Mingueza-Araujo-Lenglet Dest-Busquets-De Jong-Pedri-Alba Messi-Dembelé

Madrid’s XI: Courtois; Lucas Vázquez, Militao, Nacho, Mendy; Casemiro, Kroos, Modric, Valverde; Benzema i Vinicius.

प्रकाशित मिति २८ चैत्र २०७७, शनिबार १५:५१
Loading...