च्याम्पियन्स लिग क्वार्टरफाइनल : भिनिसियस चम्किँदा रियल मड्रिडले लिभरपुललाई हरायो

काठमाडौं, चैत २५

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । क्वार्टरफाइनलको पहिलो लेगको खेलमा रियलले पूर्वच्याम्पियन इंग्लिस क्लब लिभरपुललाई १–३ अन्तरले पराजित गरेको हो । रियलको यो उत्कृष्ट जितमा ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियर नायक बने । उनले आज प्रभावकारी प्रदर्शनका साथमा २ गोल गरे ।

नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा रियलले आफ्ना घरेलु मैदानमा पाहुना टोली लिभरपुलमाथि सुविधाजनक जित निकाल्दा रियलका लागि २ गोल भिनिसियस जुनियर र १ गोल भने मार्को एसेन्सियोले गरे । टोलीका प्रमुख खेलाडी तथा कप्तान सर्जियो रामोस र इडेन हाजार्डबिनै रियललाई महत्त्वपूर्ण जितका लागि भिनिसियसले मुख्य योगदान दिए ।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार २०:४२
Loading...