कतार विश्वकप छनौटमा आज एकैदिन १५ खेल हुँदै : नेपाली समय र खेल तालिका

काठमाडौं, चैत १८

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत आज पहिलो चरणका अन्तिम खेलहरू हुँदैछन् । एकैदिन कूल १५ खेलहरू हुँदैछन् । आजका खेलपछि छनौटका पहिलो चरणको तीन खेलको कार्यक्रम पूरा हुनेछ । र, चौथो राउन्डका खेल ६ महिनापछि अर्थात् आगामी सेप्टेम्बर १ तारिखबाट मात्रै सुचारु हुनेछन् । गत राति तेस्रो राउन्डका कूल १० खेल भएका थिए । आजका खेलपछि युरोपका हरेक देशले ३–३ खेल पूरा गर्नेछन् ।

आज हुने खेलहरूमध्ये केही खेलमा हेभिवेट टोलीका खेलहरू पनि हुनेछन् । आज इटाली, स्पने, फ्रान्स, हंगेरी, युक्रेन, जर्मनी, डेनमार्क लगायत देशले आ–आफ्ना खेल खेल्नेछन् । यीबाहेक आजको धेरैको ध्यान पनि पोल्यान्ड र इंग्ल्यान्डको खेलमाथि हुनेछ । आज ह्यारी केन सहितको इंग्ल्यान्डले रोवर्ट लेवान्डोस्कीबिनाको पोल्यान्डलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दा यो खेल हेर्नका लागि निकै रोमाञ्चक हुने पक्का छ । आजका हुने खेल र समय तल हेरौं–

१. अर्मानिया भर्सेस रोमानिया – राति ९ः४५ बजे
(राति ठीक १२ः३० बजेबाट एकसाथ हुने खेलहरू
२. माल्डोभा भर्सेस इजरायल
३. अस्ट्रिया भर्सेस डेनमार्क
४. जर्मनी नर्थ म्याकेडोनिया
५. आन्डोरा भर्सेस हंगेरी

६. युक्रेन भर्सेस काजकास्तान
७. नर्दन आयरल्यान्ड भर्सेस बुल्गेरिया
८. स्कटल्यान्ड भर्सेस फारोए आइसल्यान्ड
९. बोस्निया एन्ड हर्जगोभिना भर्सेस फ्रान्स
१०. ग्रीस भर्सेस जर्जिया

११. स्पेन भर्सेस कोसोभो
१२. लिइच्टेन्सटेइन भर्सेस आइसल्यान्ड
१३. इंग्ल्यान्ड भर्सेस पोल्यान्ड
१४. सान मारिनो भर्सेस अल्बानिया
१५. लिथुनिया भर्सेस इटाली

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०८:१८
Loading...