प्रधानमन्त्री ओलीद्वारा वृद्ध भत्ता बढाउने घोषणा : कति बढ्दै छ ?

काठमाडौं, चैत १७

प्रधानमन्त्री केपी शर्मा ओले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने घोषणा गरेका छन् । आज ओलीले साउन १ गतेबाटै वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् । आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता वृद्धि हुने र सो कार्याव्यन पनि भएर छाड्ने बाचा गरे ।

विविध कारणले देशमा आर्थिक समस्या रहे पनि त्यसका बीच पनि सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने तयारी गरेको प्रम ओलीले बताए । ‘यो सुन्दा कति मान्छेहरूलाई अब अर्को छटपटी सुरु होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ विपक्षी दलप्रति संकेत गर्दै प्रम ओलीले भने, ‘तर, साउन १ गतेबाट वृद्ध भत्ता बढ्छ–बढ्छ ।’

प्रम ओलीको यो घोषणालाई धेरैले आगामी चुनावको तयारीका लागि भोट आकर्षित गर्न गरेको एक कार्डका रूपमा बुझेका छन् । ढिला–चाँडो देश नयाँ निर्वाचानमा जाने हुँदा सामाजिक सुरक्षा भत्ता बढाउने निर्णयले प्रम ओलीलाई फाइदा नै पुग्छ । यसको फादा उनलाई व्यक्तिगत र उनको पार्टीलाई पनि पुग्छ । प्रम ओलीले सामाजिक भत्ता बढाउने घोषणा गरे पनि कतिसम्म बढ्न सक्ने भन्ने चाहिँ खुलाएनन् ।

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ११:०८
Loading...