कतार विश्वकप छनौट : रोमानियामाथि जर्मनीको साँघुरो जित, इटालीले पनि जित्यो

काठमाडौं, साउन १६

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा जर्मनीले साँघुरो जित निकालेको छ । गत राति भएको खेलमा जर्मनीले रोमानियामाथि उसकै घरेलु मैदानमा ०–१ को साँघुरो जितमा चित्त बुझायो । तुलनात्मक रूपमा कमजोर टोलीविरुद्ध जर्मनीले खेलभरि नै पकड जमाएर खेले पनि उसले १ भन्दा बढी गोल निकाल्न सकेन । उसले खेलभरिमा १८ प्रहार गर्दा ९ प्रहार अन टार्गेट हानेको थियो ।

पूर्वविश्व च्याम्पियनका लागि खेलको १६औं मिनेटमा सेर्गे गेनाब्रीले गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो । त्यसपछि खेलभरि नै दुवै तर्फबाट थप गोल नभएपछि खेल जर्मनीले ०–१ ले जित्यो । अब यो जितपछि जर्मनीले सुरुआती २ वटै खेल जितेर ६ अंकका साथ समूह ‘जे’को शीर्ष स्थानमा रहेको छ । ६ नै अंक भएको अर्मानिया दोस्रो स्थानमा छ । जर्मनीसँग पराजित रोमानिया ३ अंकसहित चौथो स्थानमा छ ।

गत राति नै भएको अर्को खेलमा इटालीले बुल्गेरियालाई उसकै घरेलु मैदानमा ०–२ ल हरायो । इटालीका लागि खेलको ४३औं मिनेटमा आन्ड्रेया बेलोट्टीले पहिलो गोल पेनाल्टीमार्फत् गर्दा दोस्रो गोल ८२औं मिनेटमा म्यानुएल लोकाटेल्लीले गरेपछि इटालीले ०–२ ले जित्यो । अब यो जितपछि इटालीले सुरुआती २ वटै खेल जितेर ६ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा छ । स्वीट्जरल्यान्डले पनि २ वटै खेल जितेर ६ अंकका साथमा दोस्रो स्थानमा रहेको छ । गत राति भएका १५ वटै खेलको फाइनल स्कोर तल हेरौं–

१ काजकास्तान ० – २ फ्रान्स
२. डेनमार्क ८ – ० माल्डोभा
३. अल्बानिया ० – २ इंग्ल्यान्ड
४. जर्जिया १ – २ स्पेन
५. अर्मानिया २ – ० आइसल्यान्ड

६. रोमानिया ० – १ जर्मनी
७. अस्ट्रिया ३ – १ फारोए आइसल्यान्ड
८. स्वीट्जरल्यान्ड १ – ० लिथुनिया
९. बुल्गेरिया ० – २ इटाली
१०. सान मारियो ० – ३ हंगेरी

११. युक्रेन १ – १ फिनल्यान्ड
१२. नर्थ म्याकेडोनिया ५ – ० लिइचटेन्सटेइन
१३. इजरायल १ – १ स्कटल्यान्ड
१४. कोसोभो ० – ३ स्वीडेन
१५. पोल्यान्ड ३ – ० आन्डोरा

प्रकाशित मिति १६ चैत्र २०७७, सोमबार ०१:४२
Loading...