कतार विश्वकप छनौट : केनको प्रेरणामा इंग्ल्यान्डको लगातार दोस्रो जित

काठमाडौं, साउन १५

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि इंग्ल्यान्डले क्लिन सिट सहितको जित निकालेको छ । आइतबार राति भएको खेलमा इंग्लिस टोलीले अल्बानियामाथि उसकै मैदानमा ०–२ को जित निकालेको हो । इंग्ल्यान्डलाई लगातार दोस्रो जित दिलाउनेत्रममा कप्तान ह्यारी केन र युवा स्टार मासोन मोउन्टले १–१ गोल गरेका थिए ।

इंग्ल्यान्डका लागि पहिलो गोल खेलको ३८औं मिनेटमा कप्तान केनले गरेका थिए । उनको गोलमा लुके शले असिस्ट प्रदान गरेका थिए । त्यसपछि दोस्रो गोलमा युवा खेलाडी मोउन्टले गरेका थिए । उनको गोलमा कप्तान केनले नै असिस्ट प्रदान गरेका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल इंग्ल्यान्डले ०–२ ले जित्न सफल भयो ।

केनको प्रेरणादायी प्रदर्शनको मदतमा इंग्ल्यान्डले लगातार दोस्रो खेलमा क्लिन सिट सहितको जित निकालेको हो । यसअघिको खेल उसले ०–५ ले जितेको थियो । अब यो जितपछि इंग्ल्यान्ड २ खेलबाट ६ अंक जोडेर समूह ‘आई’को शीर्ष स्थानमा रहेको छ । पराजित अल्बानिया भने ३ अंकहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार १८:३०
Loading...