कतार विश्वकप छनौट : जर्जियामाथि स्पेनको कमब्याक जित

काठमाडौं, साउन १५

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा स्पेनले महत्त्वपूर्ण कमब्याक जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि उसकै भूमिमा १–२ को कमबयक जित निकालेको हो । स्पेनले खेलमा पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । स्पेनको यो पहिला जित पनि हो ।

घरेलु टोली जर्जियाका लागि खेलको ४३औं मिनेटमा खभिचाले गोल गरेका थिए । तर, त्यसपछि दोस्रो हाफमा स्पेन खेलमा फर्कियो । उसले इन्जुरी समयमा विजयी गोल हानेको थियो । खेलको ५६औं मिनेटमा युवा खेलाडी फेर्रान टोरेजले गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए । त्यसपछि खेल बराबरीको एकदमै नजिक पुगेको थियो । तर, अन्तिम समयमा स्पेन लक्की बन्यो ।

९० मिनेटपछि थप भएको समयको दोस्रो मिनेटमा युवा खेलाडी ड्यानी ओल्मोले गोल गरेरपछि खेल स्पेनले १–२ ले जित्यो । अब यो जितपछि स्पेनले २ खेलबाट ४ अंक बनाएको छ । आजै राति स्वीडेनले आफ्नो दोस्रो खेल नखेल्दासम्म स्पेन समूह ‘बी’को शीर्ष स्थानमा छ । यदि स्वीडेन विजयी भए ऊ शीर्ष स्थानमा चढ्नेछ ।

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार १६:१८
Loading...