बार्सिलोनाको क्लब इतिहासकै बेस्ट खेलाडी को ? : फ्यानहरूले छानेनन् मेस्सीलाई !

एजेन्सी, चैत १५

स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी विश्वकै उत्कृष्टमध्ये एक खेलाडी भएकोमा दुईमत छैन । कतिपयले उनलाई फुटबल इतिहासकै सबैभन्दा महान् मान्छन्, कतिले मान्दैनन् । तर, उनलाई सबैले महान्मध्ये एक चाहिँ बिनाशंका मान्छन् । प्रतिभा, सफलता र व्यक्तिगत तथ्यांकले पनि मेस्सी इतिहासकै एक महान् खेलाडीका रूपमा दर्जमा भइसकेकोमा हुने कुनै शंका नै छैन । ६ पटक बालोन डिओर अवार्ड विजेता मेस्सीलाई अहिलेको पुस्ताले झनै रुचाउँछ । भलै, अर्जेन्टिनामा उनलाई बार्सिलोनामा जति उच्च सम्मान दिँइदैन । तैपनि, मेस्सीको महानतामा कुनै शंका छैन ।

मेस्सीलाई फुटबल इतिहासकै सर्वकालीन् महान खेलाडी मानिरहँदा बार्सिलोनाकै फ्यानले भने उनलाई क्लब इतिहासकै सबैभन्दा महान् खेलाडीका रूपमा पनि छानेका छैनन् । चर्चित संस्था ‘र्यांकर’ले बार्सिलोनाका विश्वभरका फ्यानलाई क्लब इतिहासकै सर्वोत्कृष्ट खेलाडी छान्नका लागि खुला गरेको अनलाइन भोटिङ नतिजा प्रकाशित हुँदा मेस्सी पहिलो स्थानमा परेनन् । फ्यानले क्लब इतिहासकै सर्वश्रेष्ठ महान खेलाडीका लागि भोटिङ गर्दा मेस्सी दोस्रो स्थानमा मात्रै रहेका छन् । उनीभन्दा अगाडि सन् १९९० मा बार्सिलोनामा स्टार खेलाडी रहेका ह्रिस्टो स्टोइचकोभ रहेका छन् । उनका लागि फ्यानले मेस्सीलाई भन्दा करिब ५ हजार बढी मत दिएर पहिलो स्थानमा छानेका हुन् । स्टोइचकोभ बार्सिलोनाका अर्का महान र लिजेन्डरी खेलाडी जोहान क्रुफकै पालाका एक मुख्य खेलाडी हुन् । स्टोइचकोभ पालामा बार्सिलोनाले ऐतिहासिक रूपमा लगातार चारपटक ला लिगा उपाधि जितेको थियो, त्यो समय सन् १९९१–१९९४ सम्म थियो ।

मिडफिल्डर र फरवार्ड दुवै पोजिसनबाट खेल्ने स्टोइचकोभकै कमान्डमा बार्सिलानाले सन् १९९२ मा च्याम्पियन्स लिग (त्यसबोलको युरोपियन कप) पनि जितेको थियो । स्टोइचकोभले व्यक्तिगत रूमा उत्कृट प्रदर्शन गदै सन् १९९४ को सालको बालोन डिओर अवार्ड पनि जितेका थिए । बुल्गेरियाका खेलाडी उनले फरक–फरक समयमा खेल्दै कूल २५५ खेलबाट ११७ गोल गरेका थिए । उनी हाल ५५ वर्षका छन् । स्टोइचकोभ एक महान् खेलाडी भएकोमा शंका छैन । तर, के उनी मेस्सीभन्दा पनि महान् हुन् त ? यो भोटिङ नतिजाले भने मेस्सीको खेल खेल हेरेर हुर्किएको पुस्तालाई पक्कै चित्त बुझाउन सक्दैन होला ।

अनलाइन भोटिङमा कूल १ लाख ४० हजार फ्यानले सहभागिता जनाएका थिए । जसमा स्टोइचकोभले सर्वाधिक मत पाएका छन् । फ्यानले स्टोइचकोभलाई क्लब इतिहासकै सर्वकालीन महान् खेलाडीको रूपमा छान्दा पूर्वकप्तानहरू जाभी, आन्द्रेस इनिएस्टा, जोहान क्रुफ पनि टप–५ मा परेका छन् । शीर्ष–२० मा हाल टोलीको प्रमुख प्रशिक्षक समेत रहेका रोनाल्ड कोम्यानदेखि पूर्वखेलाडी लुइस स्वारेज पनि रहेका छन् । हालका पहिलो रोजाइका गोलकिपर मार्क आन्द्रे टर स्टेगेनदेखि दिवंगत खेलाडी डिएगो मोराडोना पनि टप–२० मा छन् । हेरौं फ्यानले छानेका टप–२० खेलाडीको सूची–

1. Hristo Stoichkov
2. Lionel Messi
3. Johann Cruyff
4. Xavi
5. Andres Iniesta
6. Ronaldinho
7. Carles Puyol

8. Ronaldo
9. Romario
10. Rivaldo
11. Ronald Koeman
12. Samuel Eto’o
13. Diego Maradona
14. Thierry Henry

15. Luis Suarez
16. Daniel Alves
17. Javier Mascherano
18. Marc-Andre Ter Stegen
19. Pep Guardiola
20. Sergio Busquets

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार १२:३५
Loading...