नेपाली गोलकिपर किरण आईलिगको बेस्ट गोलकिपर घोषित

काठमाडौं, चैत १५

नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर तथा कप्तान समेत रहेका किरण कुमार चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’ को सर्वोउत्कृष्ट गोलकिपर घोषित भएका छन् । यस सिजन किरणले राउन्ड ग्लास पन्जावबाट उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई महत्त्वपूर्ण योगदान दिएका थिए । शनिबार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बनिसकेको छ । किरण्को टिम उपाधि विजेता नबने पनि व्यक्तिगत रूपमा भने किरण बेस्ट गोलकिपर घोषित भए ।

३१ वर्षीय चेम्जोङलाई लिगले समग्र प्रदर्शनका आधारमा उत्कृष्ट घोषित गरेको हो । यससँगै उत्कृष्ट गोलकिपर बन्दा किरणले २ लाख ५० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेका छन् । राष्ट्रिय टिमका लागि खेल्न नेपाल फर्केका किरणले पन्जावको अन्तिम लिग खेल भने गुमाए । उनी नेपालमा जारी त्रिदेशीय नेसन्स अन्तर्राष्ट्रिय कप खेल्न अहिले नेपाली टोलीमा समावेश छन् । नेपाल कपको फाइनल पुगिसकमेको छ । फाइनल खेल सोमबार बंगलादेशसँग हुँदैछ ।

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार ०७:२७
Loading...