कतार विश्वकप छनौटमा आज एकैदिन १५ खेल हुँदै : नेपाली समय र खेल तालिका हेरौं

काठमाडौं, चैत १५

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलहरू अन्तर्गत आज एकैदिन कूल १५ खेलहरू हुँदैछन् । दोस्रो चरणअन्तर्गत आज विभिन्न ३० देशले आ–आफ्ना खेल खेल्दै छन् । सुरुआती चरणमा सबै देशले ३–३ खेल खेल्ने तालिका अनुसार हिजो रातिबाटै दोस्रो चरणका खेल सुरु भइसकेका छन् । आज हुने खेलमध्ये केही खेलमा हेभिवेट टोलीका खेलहरू पनि हुनेछन् । आजका हुने खेल र समय तल हेरौं–

१. काजकास्तान भर्सेस फ्रान्स – साँझ ६ः४५ बजे
(राति ठीक ९ः४५ बजेबाट एकसाथ हुने खेलहरू
२. डेनमार्क भर्सेस माल्डोभा
३. अल्बानिया भर्सेस इंग्ल्यान्ड
४. जर्जिया भर्सेस स्पेन
५. अर्मानिया भर्सेस आइसल्यान्ड

(राति १२ः३० बजेबाट एकसाथ सुरु हुने खेलहरू)
६. रोमानिया भर्सेस जर्मनी
७. अस्ट्रिया भर्सेस फारोए आइसल्यान्ड
८. स्वीट्जरल्यान्ड भर्सेस लिथुनिया
९. बुल्गेरिया भर्सेस इटाली
१०. सान मारिनो भर्सेस हंगेरी

११. युक्रेन भर्सेस फिनल्यान्ड
१२. नर्थ म्याकडोनिया भर्सेस लिइच्टेन्सटिन
१३. इजरायल भर्सेस स्कटल्यान्ड
१४. कोसोभो भर्सेस स्वीडेन
१५. पोल्यान्ड भर्सेस आन्डोरा

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार ०५:५१
Loading...