वर्ष २०२१ का बेस्ट–१० खेलाडीको सूची प्रकाशित : अंक र सूचीसहित

काठमाडौैं, चैत १७

वर्ष २०२१ को हालसम्म उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीको सूची सार्वजनिक भएको छ । यस वर्ष यहाँसम्म आइपुग्दा युरोपियन टप–५ लिगभरिबाट खेलाडीको प्रदर्शन र तथ्यांकलाई आधार मानेर सो सूची प्रकाशित गरेको हो । फुटबलको तथ्यांक संकलन तथा विश्लेषण गर्ने चर्चित संस्था ‘सिआईईएस फुटबल अब्जरभेटरी’ले प्रकाशित गरेको सूचीमा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ए, स्पेनिस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वानका खेलाडीलाई समावेश गरिएको छ ।

यस्तो सूची तयार पर्दा खेलाडीको व्यक्तिगत ‘टेक्निकल’ चरित्र (बल सट, बल रिकभर, गोलको अवसर सिर्जना, सफल पास, ड्रिबल) लाई आधार मानिएको छ । त्यसैगरी, दोस्रो आधार भनेको टिमको स्थितिमा खेलाडीले गरेको व्यक्तिगत प्रदर्शनलाई आधार मानिएको छ । यसमा खेलाडीको व्यक्तिगत गोल र असिस्ट संख्यालाई आधार मानिएको छ । यसमा खेलाडीले गोल गर्दा कुन–कुन स्थितिमा (सुरुआती गोल, बराबरी गोल वा विजयी गोल) गरेको छ भनेर पनि हेरिएको छ । टिमका लागि गरेको विजयी गोल र हार नजिक पुगेका बेला गरिएको बराबरी गोललाई विशेष आधार मानिएको छ ।

सो संस्थाले वर्ष २०२०१ को जनवरी १ देखि यहाँसम्मको तथ्यांकलाई मूल्यांकन गरेर खेलाडीलाई रेटिङ गरेको उल्लेख गरेको छ । प्रकाशित सूचीअनुसार टप–१० खेलाडीको सूचीको पहिलो स्थानमा स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी रहेका छन् । उनले अन्य खेलाडीको भन्दा बढी अंक पाएका छन् । यसको अर्थ उनी यस वर्षका उत्कृष्ट खलाडी हुन् । उनीपछि दोस्रो स्थानमा जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की रहेका छन् । मेस्सीको भन्दा बढी समय खेलेर पनि उनी सूचीको दोस्रो स्थानमा मात्रै रहेका छन् ।

यस सूचीमा इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने पाँचौं स्थानमा मात्रै छन् । सूचीको १०औं स्थानमा जाडोन सान्चो रहेका छन् । यस सूचीमा शीर्ष लिगबाट सबैभन्दा धेरै स्पेनि ला लिगा र जर्मन बुन्डेसलिगाका ३–३ जना खेलाडी परेका छन्, जसमा बार्सिलोनमा मेस्सीसहित रियल मड्रिडका टोनी क्रुस र रियल बेटिसका नविल फेकिर रहेका छन् । इटायिन सिरी ए लिगका भने २ जना मात्रै परेका छन् । खेलाडीको अंक, र वरीयता तल राखिएको छ–:

प्रकाशित मिति १७ चैत्र २०७७, मंगलवार ०५:०३
Loading...