कतार विश्वकप छनौट : चेकसँग बेल्जियमको बराबरी

काठमाडौं, चैत १५

फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलअन्तर्गत बलियो टोली बेल्जियम आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ । गत राति भएको खेलमा बेल्जियम चेक रिपब्लिकसँग १–१ को बराबरीमा रोकिएको हो । खेलमा पछि परेको अवस्थामा गोल गरेर बेल्जियमले बराबरी गोल गरे पनि त्यसपछि थप गोल गर्न नसक्दा बराबरीमै चित्त बुझाउन बाध्य भयो । यसअघि बेल्जियमले वेल्समाथि ३–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बेल्जियम कमजोर टोलीसँग अंक बाँड्न बाध् भयो ।

पहिलो हाफ गोलरहित ०–० मा सकिएको खेलमा चेकले खेलको ५०औं मिनेटमा अग्रता लिएको थियो । सो गोल लुकास प्रोभोडले गरेका थिए । तर, त्यसको १० मिनेटमै बेल्जियम खेलमा फर्कियो । स्टार फरवार्ड रोमेलु लुकाकुले गोल गर्दै खेल १–१ बनाए । उनको गोलमा केभिन डे ब्रुयानेले असिस्ट प्रदान गरेका थिए । सो गोलपछि खेलमा थप गोल भएन । र, खेल १–१ मा सकियो । यो बराबरीपछि बेल्जियम २ खेलपछि ४ अंकका साथ समूह ‘ई’को दोस्रो स्थानमा र समान ४ नै अंक भएको चेक शीर्ष स्थानमा छ । गत रातिका सम्पूर्ण खेलको नतिजा तेल हेरौं–

१. रसिया २ – १ स्लोभेनिया
२. मोन्टेनेग्रो ४ – १ ग्रीबाल्टार
३. क्रोएसिया १ – ० साईप्रस
४. नर्वे ० – ३ टर्की
५. नेदरल्यान्ड्स २ – ० लाटभिया

६. बेलारुस ४ – २ इस्टोनिया
७. चेक रिपब्लिक १ – बेल्जियम
८ आयरल्यान्ड ० – १ लक्जेमवर्ग
९. स्लोभेनिया २ – २ माल्टा
१०. सर्बिया २ – पोर्चुगल

प्रकाशित मिति १५ चैत्र २०७७, आईतवार ०१:५५
Loading...