कतार विश्वकप छनौट : आज दोस्रो चरणका १० खेलहरू हुँदै

काठमाडौं, चैत १४

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा जारी छनौट खेलहरू अन्तर्गत आजबाट दोस्रो चरणका खेल सुरु हुँदैछन् । दोस्रो चरणका खेल आजबाट सुरु हुँदा पहिलो दिन १० खेलहरू हुनेछन् । सुरुआती चरणमा सबै देशले ३–३ खेल खेल्ने तालिकाअनुसार आजबाट दोस्रो खेल हुन लागेका हुन् । आज हुने खेलमध्ये केही खेलमा हेभिवेट टोलीका खेल पनि हुनेछन् । जसमा क्रोएसिया, नेदरल्यान्ड्स, रसिया, बेल्जियम र पोर्चुगलका खेल पनि आजै राति हुनेछन् । आजका हुने खेल र समय तल हेरौं–

१. रसिया भर्सेस स्लोभेनिया – राति ७ः४५ बजे
२. मोन्टेनेङगो भर्सेस ग्रीबाल्टार – राति ७ः४५ बजे
(राति ठीक १०ः४५ बजेबाट एकसाथ हुने खेलहरू
३. क्रोएसिया भर्सेस साईप्रस
४. नर्वे भर्सेस टर्की
५. नेदरल्यान्ड्स भर्सेस लाटभिया
६. बेलारुसभ भर्सेस इस्टोनिया

(राति १ः३० बजेबाट एकसाथ सुरु हुने खेल)
७. चेक रिपब्लिक भर्सेस बेल्जियम
८. आयरल्यान्भ भर्सेस लक्जेमवर्ग
९. स्लाभेनिया भर्सेस माल्टा
१०. सर्बिया भर्सेस पोर्चुगल

प्रकाशित मिति १४ चैत्र २०७७, शनिबार ०७:५४
Loading...