बालोन डिओर–२०२१ को ‘पावर र्‍याङकिङ’ सार्वजनिक : को कति नम्बरमा ? हेरौं सूची

काठमाडौं, चैत १२

फुटबल दुनियाँको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डिओरका–२०२१ को प्रारम्भिक र्‍याङकिङ सार्वजनिक भएको छ । चर्चित खेल संस्था ‘गोल’ले हालसम्मको प्रदर्शनका आधारमा प्रारम्भिक माल प्रकाशित गरेको हो । उसले २०२१ सुरु भएर यहाँसम्म आइपुग्दाको खेलाडीको व्यक्तिगत प्रदर्शन, गोल संख्या, असिस्ट संख्यासहित अन्य तथ्यांकका आधारमा यस्तो र्‍याङकिङ सार्वजनिक गरेको बताएको छ । र्‍याङकिङ तयार पर्दा टिमको उपाधि सफलता र समग्र प्रदर्शनलाई पनि आार मानिएको बताइएको छ !

प्रकाशित र्‍याङकिङ अनुसार जर्मन क्लब बार्यन म्युनिखका स्टार रोवर्ट लेवान्डोस्की सबैभन्दा अगाडि छन् । टप–१० सूचीमा उनी पहिलो स्थानमा छन् । गत वर्ष पनि उनलाई यस अवार्डका लागि प्रमुख दाबेदार मानिएको थियो । तर, कोरोना भाइरसका कारण २०२० को अवार्ड नै रद्द भयो । तर, यसपटक पनि उनी आजका दिनसम्म प्रमुख दाबेदार देखिएका छन् । उनीपछि दोस्रो स्थानमा फ्रेन्च क्लब पिएसजीका युवा स्टार केलियन एमबाप्पे छन् । तेस्रो स्थानमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी छन् । इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो भने ताजा अवस्थामा निकै पछि छन् । टप–१० सूची तल हेरौं–:

१. रोवर्ट लेवान्डोस्की (बार्यन म्युनिख)
२. केलियन एमबाप्पे (पिएसजी)
३. लिओनल मेस्सी (बार्सिलोना)
४. इकाए गुन्डोगान (म्यानचेस्टर सिटी)
५. अर्लिङ हल्यान्ड (बोरुसिया डर्टमुन्ड)

६. रोमेलु लुककु (इन्टर मिलान)
७. केभिन डे ब्रुयाने (म्यानचेस्टर सिटी)
८. क्रिस्टियानो रोनाल्डो (युभेन्टस)
९. करिम बेन्जेमा (रियल मड्रिड)
१०. रुबेन डियाज (म्यानचेस्टर सिटी)

प्रकाशित मिति १२ चैत्र २०७७, बिहीबार १५:३७
Loading...