कतार विश्वकप छनौट : दोस्रो दिन आज १३ खेलहरू खेल हुँदै

काठमाडौं, चैत ११

अर्को वर्ष २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन महादेशमा हिजो रातिबाट छनौट खेलहरू सुरु भएका छन् । पहिलो दिन १२ खेल भइसकेका छन् । दोस्रो दिन आज छनौट चरणअन्तर्गत विभिन्न १३ वटा खेलहरू हुँदैछन् । आज हुने १३ खेलमध्ये केही हेभिवेट टोलीका खेलहरू पनि हुँदैछन् । आजका खेल सकिएपछि दोस्रो खेलहरू पनि भोलिबाटै सुरु हुनेछन् । यसपटक पहिलो चरणमा मार्च अन्तिमसम्मा सबै देशले ३–३ वटा खेल खेल्नेछन् ।

आज हुने खेलहरूमध्ये डेनमार्क, स्वीट्जरल्यान्ड, स्वीडेन, हंगेरी, पोल्यान्ड, जर्मनी, इटाली, स्पेन, इंग्ल्यान्डले आ–आफ्नो खेल खेल्दैछन् । आज हुने खेलमध्ये इंग्ल्यान्ड भर्सेस सान मारियोना, स्पेन भर्सेस ग्रीस, इटाली भर्सेस नर्दन आयरल्यान्ड, जर्मनी भर्सेस आइसल्यान्ड, हंगेरी भर्सेस पोल्यान्ड, स्वीडेन भर्सेस जर्जिया लगायत खेल केन्द्रमा हुनेछन् । आज हुने खेलको नेपाली समय तल उल्लेख छ–

इजरायल भर्सेस डेनमार्क – राति १०ः४५ बजे
बुल्गेरिया भर्सेस स्वीट्जरल्यान्ड – राति १०ः४५ बजे
(बाँकी ११ सबै खेल राति ठीक १ः३० बजेबाट एकसाथ हुनेछन्)
स्वीडेन भर्सेस जर्जिया
स्कटल्यान्ड भर्सेस अस्ट्रिया
लिइचटेन्स्टेइन भर्सेस अर्मानिया
हंगेरी भर्सेस पोल्यान्ड

आन्डोरा भर्सेस अल्बानिया
जर्मनी भर्सेस आयरल्यान्ड
रोमानिया भर्सेस नर्थ म्याकेडोनिया
माल्डोभा भर्सेस फारोए आइसल्यान्ड
इटाली भर्सेस नर्दन आयरल्यान्ड
स्पेन भर्सेस ग्रीस
इंग्ल्यान्ड भर्सेस सान मारिनो

प्रकाशित मिति १२ चैत्र २०७७, बिहीबार ०५:५६
Loading...